तीन वर्षदेखि बलात्कार गरेको अभियोगमा वडाध्यक्ष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तीन वर्षदेखि बलात्कार गरेको अभियोगमा वडाध्यक्ष पक्राउ

rape

काठमाडौं, ३१ असार । कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर–६ का अध्यक्ष जगदिश शाही किशोरी बलात्कार अभियोेगमा पक्राउ परेका छन्।

अध्यक्ष शाहीलाई नातामा बहिनी पर्ने गाउँकी १६ वर्षीया किशोरीलाई ललाइफकाइ तीन वर्षदेखि बलात्कार गर्दै आएको अभियोग लागेको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामबाबु ओलियाले बलात्कार गर्दै आएको भन्ने उजुरी परेपछि शाहीलाई पक्राउ गरेको जानकारी दिनुभयो।

उनीविरुद्द मुलुकी फौजदारी संहिताअनुसार जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत कालीकोटमा मुद्धा दायर पनि भएको छ।

डिएसपी ओलियाले पक्राउ परेका शाहीमाथि थप अनुसन्धान थालेको बताउनुभयो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);