प्रधानमन्त्रीकाे अभिव्यक्तिको विरोधमा जनकपुरधाममा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्रीकाे अभिव्यक्तिको विरोधमा जनकपुरधाममा प्रदर्शन

जनकपुर,असार ३१ । भगवान रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोधमा जनकपुरमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् । हिन्दु परिषद नेपाल जनकपुरधाम नगर कमिटीको आयोजनामा बुधबार परिषदका युवाहरुले नगरको विभिन्न भागमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्रीको यस्तो गैरजिम्मेबार पुर्ण बोलीले धर्मसंस्कृतिमा समेत असर पर्ने प्रदर्शनकारीको भनाइ छ । कमिटीका अध्यक्ष मिथिलेस कुमार झाले प्रधानमन्त्री ओलीको अभिव्यक्तीबाट वैदिक र सांस्कृतिक रुपमा विश्वका करोडौँ हिन्दूमाथि प्रहार भएको बताउनु भयो ।

विरोध ¥याली जनकपुरको रामानन्द चोकबाटसुरु भएर नगरको विभिन्न भागको परिक्रमा गर्दै राजा जनकको मुख्य मन्दिर रहेको जनक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । यसैगरी रामानन्दीय श्री बैष्णव संघले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तीले नेपाल भारत बिचको रामायणकालिन सम्बन्ध माथि खलल पुर्याउने काम भएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);