विकासको प्राथमिकता भौतिक पूर्वाधार मात्र नभई उत्पादन र रोजगारी हुनुपर्छः सांसद कार्की | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

विकासको प्राथमिकता भौतिक पूर्वाधार मात्र नभई उत्पादन र रोजगारी हुनुपर्छः सांसद कार्की

काठमाडौँ । 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले सरकारले उद्योग सञ्चालन गर्ने नभई निजी क्षेत्रलाई लगानी र उद्योग सञ्चालनका लागि उपयुक्त वातावरण निर्माण गरिदिनुपर्ने बताउनुभएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले विकासको परम्परागत परिभाषा बदल्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले सडक, पुल, सुरुङ र विमानस्थल जस्ता भौतिक पूर्वाधारको निर्माण आवश्यक भएपनि ती पूर्वाधारले नेपाली उत्पादन र रोजगारीमा पु¥याएको योगदानको समीक्षा गर्नुपर्ने बताउनु भयो ।

सरकारको भुमिका ‘व्यापारी’ बन्ने नभई ‘सहजकर्ता’ बन्ने हुनुपर्ने धारणा राख्दै कार्कीले निजी क्षेत्रलाई आर्थिक साझेदारका रूपमा हेर्न आग्रह गर्नुभयो । मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ८० प्रतिशतभन्दा बढी योगदान पु¥याइरहेको निजी क्षेत्रलाई शङ्काको दृष्टिले हेर्न नहुने उहाँको तर्क छ । घाटामा रहेका सरकारी उद्योगहरूका सम्बन्धमा टिप्पणी गर्दै सांसद कार्कीले वर्षौँसम्म जनताको करबाट घाटा पूर्ति गरेर उद्योग चलाउनु समाधान नभएको बताउनु भयो । सम्भावना भएका उद्योगहरूलाई पारदर्शी प्रतिस्पर्धाका माध्यमबाट निजी क्षेत्रलाई व्यवस्थापनको जिम्मेवारी दिन उहाँले सुझाव दिनुभयो ।

Leave a Reply