म्याग्दी पहिरो : ११ जनाको शव फेला, २३ जना अझै बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

म्याग्दी पहिरो : ११ जनाको शव फेला, २३ जना अझै बेपत्ता

Myagdi

म्याग्दी, २७ असार । अविरल वर्षासँगै म्याग्दीमा आएको पहिरोमा परि बेपत्ता भएका ३४ जनामध्ये ११ जनाको शव फेला परेको छ । शुक्रबार बिहान गएको पहिरोले धौलागिरी गाउँपालिका वडा नम्बर ६ का मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको हो । मृतकहरुको पहिचान हुन सकेको छैन् ।

मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक, कम्दी बस्तीमा ११ जना, ताकममा ३ जना र मालिका गाउँपालिका–७, विमको दुलेमा ९ जना गरी २३ जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

बाढीपहिरोले ४३ घर पुरिएका छन् । पहिरोमा के कति पशुचौपाया र धनसम्पत्तिको क्षति भयो यकिन विवरण संकलन भएको छैन ।