लिभरपुलसँग ३–१ गोल अन्तरले ब्राइटोन पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

लिभरपुलसँग ३–१ गोल अन्तरले ब्राइटोन पराजित

एजेन्सी, २५ असार । इंग्लिस प्रिमियर लिगमा उपाधि पक्का गरिसकेको लिभरपुलले आफ्नो जितको यात्रालाई कायमै राखेको छ । बुधबार राति द अमेरीकन एक्सप्रेस कम्युनिटी स्टेडियममा भएको खेलमा लिभरपुलले ब्राइटोनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाहले दुई गोल गरे । लिभरपुलका लागि खेलको छैटौं मिनेटमा सलाहले केइटाको पासमा पहिलो गोल गरे । त्यसको दुई मिनेटमा सलाहको पासमा जोर्डन हेन्डर्सेनले लिभरपुको अग्रता दुई शुन्यमा पुर्याए ।

दुई गोलले पछि परेको ब्राइटोनले ४५ औं मिनेटमा गोल गर्दै अन्तर कम गरेको थियो । उसका लागि लियनार्दो ट्रोसार्डले गोल गरे । पहिलो हाफमा दुई एकले अगाडी रहेको लिभरपुलले ७६ औं मिनेटमा तेस्रो गोल गर्यो ।

यसपटक फेरी रोबेर्टसनको पासमा सलाहले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । जितपछि लिभरपुलले ३४ खेलमा ९२ अंक बनाएको छ । त्यस्तै हिजो नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासललाई पाँच शुन्यको भारी अन्तरले हरायो । सिटीको जितमा गाब्रियल जिसस, महरेज, फेर्नान्डेज, डेविड सिल्भा र रहिम स्ट्रलिङले एक एक गोल गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);