असार पन्ध्र अर्थात धान दिवस, विविध कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

असार पन्ध्र अर्थात धान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौ, १५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । राष्ट्रिय स्तरमा सरकारले धान दिवस मनाउँदै छ भने किसानहरुले रोपाइँ गरी दही च्युरा खाएर असार १५ मनाउने गर्दछन् ।

विक्रम संवत २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि मन्त्रालये यो वर्ष धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ धान दिवस मनाउन लागिएको बताएको छ ।

यस वर्ष कोरोना संक्रमणका कारण ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दूरी कायम राखी धान दिवस मनाइने विभागको भनाई छ । धान रोेपाइँका लागि कृषि मन्त्रालयले मापदण्ड नै बनाएको छ ।

त्यस्तै आजको दिन दही च्यूरा खाएर असार १५ मनाउने नेपाली परम्परा रहेको छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।

कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खाने परम्परा रहेको छ । दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);