आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश

एजेन्सी, १५ असार । आइतबार भएको क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम चारणमा पुगेको हो । सेफिल्डको मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन निकोलस पेपे र ड्यानियल सेबालसले एक एक गोल गरे । सेफिल्डका डाभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए ।

खेलको २५ औं मिनेटमा निकोलसले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ८७ औं मिनेटमा डाभिडले गोल गर्दै सेफिल्डलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा ड्यानियलले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।

यससँगै आर्सनल एफए कपको सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । यस अघि म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा पुगिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);