पाल्पा, ९ असार । तानसेन पाल्पा–गुल्मी सडक खण्डमा पहिरोले गाडी बगाउँदा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ । सोमबार दिउँसो तानसेन नगरपालिका वडा नं ११ सम्मोबारीमा खसेको पहिरोमा पुरिएर मृत्यु भएका ३ जनाको पहिचान खुलेको हो ।
मृत्यु हुनेहरुमा पाल्पाका रिव्दीकोट गाउँपालिकाका ३२ बर्षिय भुवन खाम्चा, कार्भे पाँचखाल नगरपालिकाका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिकाका २३ बर्षिय विर बहादुर गुरुङ रहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।
पहिरोमा परी घटनास्थलमै २ जनाको र उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । पहिरोमा ४ वटा सवारी साधन पुरिएको अवस्थामा छन् । थप सवारी साधन र मानविय क्षति भएको हुन सक्ने भन्दै प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना पहिरोस्थलमा परिचालन गरिएको छ ।