पर्यटन मन्त्री सहभागी ’जूम मिटिङ’मा एक मिनेटसम्म पोर्न भिडिओ बजेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पर्यटन मन्त्री सहभागी ’जूम मिटिङ’मा एक मिनेटसम्म पोर्न भिडिओ बजेपछि…

काठमाडौ, ८ असार । पर्यटन उद्योगलाई कोरोना भाइरसको महामारीबाट उकास्न पर्यटन बोर्डले सोमबार ल्याएको पर्यटन क्षेत्र सञ्चालनसम्बन्धी मापदण्ड ‘कोभिड–१९ अपरेसनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टर’ सार्वजनिक कार्यक्रममा करिब ५ मिनेटपछि एकाएक जूमको स्क्रिनमा अश्लील भिडियो देखिएको हो ।

क्रम करिब १ मिनेट चल्यो । जूम बैठकमा मन्त्रीलाई उत्साहका साथ सुनिरहेका देशभरका पर्यटन व्यवसायी, पर्यटन क्षेत्रसँग सम्बन्धित संघ संगठनका पदाधिकारी अश्लील भिडियोका दर्शक बन्न पुगे । मन्त्रालयका अनुसार घटनाबारे छानबिन गर्न एउटा समिति गठन गरिएको छ । बोर्डले पनि यो घटनाको छानबिन गर्न साइबर अपराध हेर्ने नेपाल प्रहरीको सेलमा जाहेरी दिने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);