नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च

काठमाडौ, ८ असार । नेपाली बजारमा सुनको भाउ आकासिएको छ । सोमबार छापावाल सुन प्रतितोला ९१ हजारमा कोरोबार भएको छ । त्यसैगरी तेजावी सुन ९० हजार ५ सय ६५ रुपैयामा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो । आइतबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय र तेजावी सुन ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । लकडाउन अघि बन्द भएको सुन चाँदी व्यवसाय पूर्णरुपमा अझै खुली सकेको छैन । खुलेका केही पसलमा सुन खरीद गर्ने भन्दा बिक्री गर्ने ग्राहक बढेका महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १ हजार ७ सय ४८ अमेरिकी डलरमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि त्यसको असर परेको महासंघले जनाएको छ।त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले ९सय ५० रुपैयामा कारोबार भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);