एजेन्सी, ६ असार । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटनह्यामको खेल बराबरीमा सकिएको छ । अन्तिम १० मिनेटमा ब्रनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दा युनाइटेड हारबाट जोगिएको हो । घरेलु मैदानमा टोटनह्यामले सुरुवाती अग्रता जोगाउन सकेन ।
खेलको २७ औं मिनेटमा स्टेभेन बेर्जविनको शसक्त प्रहारलाई युनाइटेडका गोलकिपरले बचाउन सकेनन् । पहिलो हाफमा एक गोलको अग्रता लिएको टोटनह्यामले दोस्रो हाफमा पनि केहि दबावपुर्ण खेल खेलेको थियो ।
तर गोल थप्न सकेन । ८० औं मिनेटमा पउल पोग्वालाई डिबक्समा लडाएपछि युनाइटेडले पेनाल्टी पायो । जसलाई बु्रनो फर्नान्डेसले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए ।
त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र दुबैले एक एक अंक बाढे । यो बराबरीपछि छैटौ स्थानमा रहेको युनाइटेडको ४६ अंक भएको छ भने टोटनह्यामको ४२ अंक छ ।




