बागलुङ, ५ असार । बागलुङमा लकडाउन खुकुलो भएपनि व्यापार व्यासाय सुचारु हुन सकेकोा छैन । खाद्यान्य बाहेकका अन्य वस्तु तथा सेवाको कारोबारो नभएको गरगहना व्यबसायी वलराम चापागाइँले बताउनु भयो ।
सरकारले कोरोनाको संक्रमणबाट बच्नकोलागि अनिवार्य मास्क तथा स्यानीटाईजरको प्रयोग गर्ने तथा भौतिक दुरि कायम गरि व्यापार व्यवसाय गर्न अनुमति दिएपनि कारोबार ठप्प छ । बागलुङमा लकडाउन खुला भएपनि बजारमाा मानवीय चहलपहल खासै हुन सकेको छैन । पसलहरु खुलेपनि कारोबार शुन्य जस्तै छ ।