अर्थतन्त्रमा 'भी'सेपको रिकभरी सम्भव : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

अर्थतन्त्रमा ‘भी’सेपको रिकभरी सम्भव : अर्थमन्त्री खतिवडा

arthamantri v shape

काठमाडौं, ५ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा भी (ख)सेप रिकभरी हुने स्थिति अझैपनि रहेको बताउनुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा आर्थिक विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै अर्थतन्त्रको रिकभरी ‘भी’सेपमा हुन सक्ने बताउनुभएको हो ।

अर्थमन्त्री खतिवडाले भूकम्पपछि आर्थिक संरचनाहरुमा क्षति हुँदा समेत अर्थतन्त्रलाई भीसेपको रिकभरी गरिएको उल्लेख गर्दै अहिलेको अवस्थामा पनि भीसेपको रिकभरी सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘भूकम्प पछिको पूननिर्माणमा पनि यो धेरै विषय चलेको थियो कि अव अर्थतन्त्र थला पर्‍यो उठनै सक्दैन भन्ने विषय उठेको थियो । त्यो बेला हाम्रा आर्थिक संरचनाहरु पनि भत्किएका थिए । तर हामीले भीसेपको रिकभरी गर्यौ । भूकम्प पछिको पुननिर्माणको चरणमा । त्यसैले हाम्रो इतिहास, हाम्रो अनुभव र हाम्रा प्रयासहरुलाई हेर्ने हो भने हामी फेरीपनि भीसेपको रिकभरीमा जान सक्छौं । ’

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका केही सवल पक्षहरु कायम नै रहेकोले त्यसलाई परिचालन गर्दा श्रम बजारको समस्या र आपूर्ति श्रृङ्खलालाई सहज बनाउन सजिलो हुने बताउनुभयो । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उपकरणहरुमा सरकारले सहजिकरण गरिरहेको समेत बताउनुभयो । बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्ने, विद्युतमा छुट दिने लगायतका विषयमा सरकारले जोड दिएको स्पस्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले मुलुकमा झण्डै तीन चौथाई लगानी निजी क्षेत्रको रहेकाले निजी क्षेत्रलाई सरकारले विर्सन नसक्ने बतउनुभयो । उहाँले मुलुकको खाद्य सुरक्षा, उर्जा सुरक्षा, रोजगारीको सुरक्षा र स्वास्थ्य सुरक्षा सम्बन्धी विषयमा आत्मनिर्भर हुने गरी आर्थिक गतिविधिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

यस्तै राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा उठेका प्रस्नहरुको समेत अर्थमन्त्री खतिवडाले जवाफ दिनुभएको छ । कोभिडको जोखिमले अर्थतन्त्रमा ल्याएको सिथिलताको अवस्थामा सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिनुभयो । उहाँले सरकारले आन्तरिक ऋण उठाउँदैमा निजी क्षेत्रको लगानी नघट्ने समेत स्पस्ट पार्नुभयो । निजी क्षेत्रको लगानी बढाउनको लागि विभिन्न क्षेत्रहरुलाई खुल्ला गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

ऋण तथा जमानत (चौवीसौं संशोधन) विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्तावमा भएको छलफलमा उठेका प्रस्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सरकारले जमानत बस्ता व्यवसायीक सम्भावना भएका क्षेत्रहरु हेरेर मात्रै जमानत बस्ने बताउनुभयो । उहाँले वित्तीय रुपमा सबल भएका सार्वजनिक संस्थाले आफै ऋण परिचालन गर्न सक्ने र वित्तीय अवस्था सुदृढ नभएको संस्थालाई उकास्न पर्ने भएमा सोचेर मात्रै सरकारले काम गर्ने स्पस्ट पार्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);