एजेन्सी, ५ असार । सन् २०२१ को अफ्रिका कप अफ नेसन्स फुटबल तोकिएकै समयमा आयोजना हुने भएको छ । कोरोना भाईरसको महामारीको कारण ठुला खेलकुद प्रतियोगिता स्थगित भईरहेको अवस्थामा ३३ औं संस्करणको प्रतियोगिता तोकिएकै मितिमा हुने भएको हो ।
यस अघि मिति तय भएपनि पछिल्लो समय कोरोनाको महामारी बढेसँगै प्रतियोगिता आयोजना हुनेमा अन्योलमा रहेको थियो ।क्यामरुनमा तय भएको प्रतियोगिता आगामी जनवरी १० देखि फेब्रुअरी ८ तारिख सम्म हुनेछ ।
अफ्रिकन फुटबल महासंघले पनि प्रतियोगिता तोकिएकै मितिमा आयोजना गर्न प्राथमिकतामा राखिएको जनाएको छ ।यस अघि सन् २०१९ मा भएको अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको थियो ।