कोरोनाको 'हटस्पट' मै बेवास्ता ! | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

कोरोनाको ‘हटस्पट’ मै बेवास्ता !

hotspot

शम्भू माली
कपिलवस्तु, ३ असार । गृह मन्त्रालयले सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई कोरोनाको उच्च जोखिममा राखेको छ । उच्च जोखिमको सूचीमा रहेपनि कपिलवस्तुमा न क्वारेन्टीनको उचित व्यवस्थापन हुन सकेको छ, न परीक्षणले गति लिन सकेको छ, न त कन्ट्याक्ट ट्रेसिङ प्रभाकारी हुन सकेको छ । उच्च जोखिममा भएर पनि यी पक्षहरुको व्यवस्थपान हुन नसक्दा कपिलबस्तुका स्थानीय त्रासमा छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित रंगपुरका स्थानीय घर बाहिर निस्किन डराउँछन् । गाउँमा संक्रमितको संख्या दिन प्रति दिन बढीरहेको छ । संक्रमितसित घुलमिल भएका साथै संभावित संक्रमित खुलेआम घुम्ने गरेकाले स्थानीय घरबाहिर निस्कन त्रसित भएका हुन् । महाराजगन्ज नगरपालिका हर्दौनाको अवस्था पनि उस्तै छ । नगरपालिकामा पनि कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी रुपमा हुन सकेको छैन । यहाँ १ सय २० भन्दा बढी संक्रमित छन् जसमध्ये केहीको कन्ट्याक्ट ट्रेसिङ नहुँदा संक्रमणको जोखिम बढेको छ ।

मुलुकमै सबैभन्दा धेरै संक्रमित रहेको जिल्ला कपिलबस्तुमा कन्ट्याक्ट ट्रेसिङ नहुँदा स्थानीय समुदाय चिन्तामा छ । बजेट र जनशक्ति अभावमा कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ हुन नसकेको स्थानीय जनप्रतिनिधिको भनाई छ ।

कपिलबस्तुमा पीसिआर परीक्षणको दायरा बढाउन नसकेको अवस्थामा नमुनाको रिपोर्ट आउन नै २५ दिनभन्दा बढी लाग्ने गरेको छ । यस्तोमा स्थानीय तहलाई क्वारेन्टीन व्यवस्थित गर्न कठिनाइ भएको छ । जसका कारण स्थानीय तह क्वारेन्टीनमा बसेकालाई परीक्षणको नतिजा नआउदै घर पठाउने हतारोमा छन् । ट्रेसिङलगायत जोखिम रोकथाममा पर्याप्त चासो पुगेको देखिँदैन । जसले गर्दा संक्रमणको जोखिम झन् बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);