चिनियाँ र भारतीय दूतावास अगाडि धर्ना | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

चिनियाँ र भारतीय दूतावास अगाडि धर्ना

dharna

काठमाडौं, ४ असार । युद्ध रोक्न र शान्तिलाई विस्तार गर्न माग गर्दै मानवअधिकार तथा शान्ति समाजका अधिकारकर्मीहरुले नेपाल स्थित भारतीय र चिनियाँ राजदूतावास अगाडि धर्ना दिएका छन् ।

भारत र चीनबीच सीमा विवाद चर्किदै गएको र दुई देशका सेना बीच भीडन्त हुँदा युद्ध बढ्ने सम्भावनालाई रोक्न माग गर्दै मानवअधिकार तथा शान्ति समाजका अधिकारकर्मीहरुले बिहिबार दूतावास अगाडि धर्ना दिएका हुन् ।

मानव अधिकार तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीले चिनियाँ राष्ट्रपति र भारतीय प्रधनमन्त्री समक्ष उत्तेजनालाई नबढाउन, समझदारीलाई विस्तार गर्न, वार्ताबाट समाधान खोज्न र युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न दवाव दिन दुवै देशका राजदूतावास अगाडि एकैपटक धर्ना दिएको बताउनुभयो ।

केही दिन यता भारत र चीनबीच सीमा विवाद चर्किएको छ । गत सोमबार दुई देशका सेना बीच लद्दाखमा भीडन्त हुँदा २० जना भारतीय सेनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);