एजेन्सी, ३ असार । स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ । मंगलबार भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि २–० को जित निकालेको हो । जितसंगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसंग ५ अंकको अग्रता लिन सफल भएको छ ।
खेलको ४२ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै लियोनल मेस्सीले ६९ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । शीर्ष स्थानको बार्सिलोनाको ६४ अंक भएको छ ।
दोस्रो स्थानको रियल मड्रिडको ५९ अंक छ । तालिकाको पुछारमा रहेको लेगानेसको २३ अंक रहेको छ । रेफ्रीलाई अपशब्द प्रयोग गरेपछि लेगानेसका प्रशिक्षक जाभियर एगुईरेले