काठमाडौँ, ४ असोज । आपूर्तिमन्त्री शिवकुमार मण्डलले चाडपर्वका बेला अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकार सचेत रहेको बताएका छन् ।
मन्त्री मण्डलले चाडबाडका बेला हुनसक्ने कालोबजारी र अखाद्य वस्तुको विक्रिवितरण रोक्न सरकारले नियमित अनुगमन गरिरहेको दाबी गरेकाछन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मनपरी ढंगले बजारमा चर्को मूल्य वृद्धि गर्नेलाई कडा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
मन्त्री मण्डलले जनतालाई सहज र सुपथ मूल्यमा चाडपर्वका लागि आवश्यक खाद्यान्न लगायतका वस्तुहरु उपलब्ध गराउन आफैं बजार अनुगमनमा खटेको जानकारी दिए ।




