उत्तर कोरियाले दियो अमेरिकालाई यस्तो चेतावनी | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

उत्तर कोरियाले दियो अमेरिकालाई यस्तो चेतावनी

एजेन्सी, २९ जेठ । उत्तर कोरियाले दुई कोरियाबीचको मामिलामा नबोल्न अमेरिकालाई चेतावनी दिएको छ । दुई कोरियाबीचको मामिलामा बोल्ने कुनै अधिकार नभएको भन्दै उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उत्तर कोरियाले अमेरिकामा आसन्न राष्ट्रपति निर्वाचन सामान्य ढंगले होस् भन्ने चाहना हो भने चुप बस्नु वासिङ्टनको हितमा हुने बताएको छ । मंगलबार दक्षिण कोरियासँगको संचार हटलाईन बन्द गर्ने उत्तर कोरियाको निर्णयमा अमेरिकाले असन्तुष्टि व्यक्त गरेपछि उत्तर कोरियाको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।

यदि अमेरिकाले आफ्नो आन्तरिक मामिलामा ध्यान दिन छोडेर अरूको मामिलामा टिप्पणी गर्ने हो भने उसले कठिन र असहज परिस्थितिको सामाना गर्नुपर्ने हुनसक्ने अमेरिकी मामिला हेर्ने उत्तर कोरियाको विदेश मन्त्रालयका निर्देशक कोन जुङ गुनले राज्य नियन्त्रित समाचार एजेन्सी केसिएनएसँग भन्नुभयो । कोनले अमेरिकालाई आफ्नो जिब्रो सम्हाल्न र आफ्नो घरेलु समस्यालाई सम्बोधन गर्न सुझाव पनि दिनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);