अमेरिकामा चर्केको आन्दोलनमा १२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

अमेरिकामा चर्केको आन्दोलनमा १२ जनाको मृत्यु

एजेन्सी, जेठ २३ । अमेरिकाको मिनियापोलिसमा एक अश्वेत अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ ।

मिनियापोलिसका अधिकारीहरुले आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण ५५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ ।

प्रारम्भिक विवरण अनुसार आन्दोलनका क्रममा २ सय २० घरमा क्षति भएको छ । यो संख्या अझै बढी हुनसक्ने अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् । प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएपछि देशभरी प्रदर्शन भइरहेको छ ।

मिनियापोलिसका मेयर जाकोब फ्रेयीले क्षति भएकाहरुलाई पुनर्निर्माण गर्न क्षतिपुर्तिका लागि राज्य तथा संघीय सरकारसँग आग्रह गरिने जानकारी दिनुभयो ।

आन्दोलन हिंसात्मक हुँदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर निषेधाज्ञा आदेश पनि जारी गर्नु परेको थियो । कतिपय ठाउँमा निषेधाज्ञाको उल्लंघन समेत भएको थियो । आन्दोलनका क्रममा कम्तीमा १२ जनाको मृत्यु भएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);