स्मार्ट लाईसन्स बितरणको काम सुस्त गतिमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

स्मार्ट लाईसन्स बितरणको काम सुस्त गतिमा

licence

अप्सरा गौतम
काठमाडौ, २२ जेठ ।  आधुनिक प्रविधि र उत्कृष्ट गुणस्तरको भनिएको स्मार्ट लाईसन्स बितरणको काम सुस्त गतिमा छ । लाइसेन्स पाउन सबै प्रक्रिया पूरा गरेको एक वर्षसम्म पनि सर्वसाधारणले सवारीचालक अनुमतिपत्र लाईसन्स प्राप्त गर्न सक्दैनन ।

यसरी लाईसन्स प्राप्त गर्न लामो समय कुर्नपर्दा सर्वसाधारण रातो रसिद देखाएर हिँड्न बाध्य छन् । ०७२ सालको मंसिरबाट सरकारले स्मार्ट लाइसेन्सको वितरण थालेको थियो । यातायात ब्यबस्था विभागले हालसम्म १६ लाख स्मार्ट लाईसन्स छपाई र वितरण गरेको र लकडाउनका समयमा २ लाख स्मार्ट लाईसन्स तयार भएको दावि गर्छ ।

३ वर्षभित्र वितरण भइसकेका २५ लाख कागजी लाइसेन्सलाई विस्थापित गर्ने योजनाका साथ स्मार्ट लाइसेन्सको वितरण सुरु भएको थियो । तर सरकार संयन्त्र फितलो हुँदा सर्वसाधारणले वर्षौ कुर्नूपर्ने बाध्यता रहेको छ ।

नक्कली छाप्न नमिल्ने, आगोले जलाउन नसक्ने, अक्षर नमेटिने, सेवाग्राहीमैत्री आधुनिक प्रविधि र उत्कृष्ट गुणस्तरको भनि ढोल पिटिएको सवारीचालक अनुमतिपत्र स्मार्ट लाईसन्स प्राप्त गर्नका लागि सर्वसाधारणले वर्षो कुर्नूपर्ने अबस्था छ ।

लाखौं मान्छे लाइसेन्स कुर्दैछन्, तर सरकारले समयमै प्रिन्ट गरेर दिन सकेको छैन । लाईसन्सका रुपमा रातो रसिद प्रयोग गरीरहेका छन । अहिले पनि करिब ४ लाख सवारी चालकहरु त्यस्तै रसिदलाई लाइसेन्सका रुपमा प्रयोग गर्दैछन् ।

कतै ट्राफिकले लाइसेन्स मागिहाले यही रातो रसिद देखाएर हिँड्न बाध्य छन् । सडकमा यसकै कारण दुर्घटनामा भय पनि बढेको छ । स्मार्ट लाइसेन्सलाई सरकारले प्रतिष्ठा भन्दा पनि लज्जाको विषय बनाएको छ ।

स्मार्ट भनेर ढोल पिटेर ल्याइएको लाइसेन्सलाई व्यवस्थापन गर्ने क्षमता यातायात विभागसँग नरहेकाले आम नागरिक पीडित हुनु परेको छ ।

कागजी लाइसेन्स हटाएर देशब्यापी रुपमा स्मार्ट लाइसेन्सको वितरण थालेपछि लाइसेन्सको माग र छपाइको सन्तुलन मिलेको छैन । जसका कारण एक वर्षसम्म पनि सेवाग्राहीले लाइसेन्स नपाउने समस्या देखिएको छ ।

त्यसमाथि बेला–बेलामा छाप्ने मेसिन बिग्रिरहन्छ भने छपाइ गर्ने कार्ड सकिने समस्या दोहोरिरहन्छ । तर यातायात ब्यबस्था विभाग भने स्मार्ट लाइसेन्स प्रयोगमा ल्याएपछि आधुनिक प्रविधिमा सरकारको व्यवस्थापकीय क्षमता छर्लङ्गै भएको बताउँछ । स्मार्ट प्रविधिको प्रयोग गर्ने प्राविधिक जनशक्ति, उपकारण र त्यसलाई व्यवस्थापन गर्न साधन र स्रोत पर्याप्त बताईन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);