रुकुम र रुपन्देही घटनाप्रति ओएचसीएचआरको गम्भीर चासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

रुकुम र रुपन्देही घटनाप्रति ओएचसीएचआरको गम्भीर चासो

काठमाडौं, १७ जेठ । रुकुम पश्चिम र देवदहमा दलित युवा र युवती सहित ६ जनाको ज्यान गएको घटनाप्रति राष्ट्र संघअन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले गम्भीर चासो व्यक्त गरेको छ ।

ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले जेनेभाबाट विज्ञप्ति जारी गर्दै अन्तरजातीय विवाहको विषयलाई लिएर भएका दुवै घटनामा शोक व्यक्त गर्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने माग गर्नु भएको छ ।

नेपाल सबै प्रकारको जातीय विभेद उन्मूलन सम्मेलनको एक पक्ष राष्ट्र भएको स्मरण गराउँदै मिशेलले नेपालमा छुवाछूतको अन्त्य भएको भनिएपनि दलितहरूले गहिरो भेदभावको सामना गरिरहेका र यसले अन्तरजातीय विवाहसम्बन्धी मुद्दाहरूको बारेमा धेरै चिन्ताहरू पनि उठाएको उल्लेख गर्नु भएको छ ।

जातीय भेदभाव नेपालमा मात्र नभएर अन्य देशहरूमा पनि व्याप्त रहेको र यसले प्रायः गम्भीर क्षति निम्त्याउने हुँदा दिगो विकास लक्ष्य हासिल गर्न जातीय विभेद अन्त्य हुनुपर्ने मिशेलको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी रुपन्देहीको देवदहमा शंकास्पद रुपमा ज्यान गुमाएकी १२ वर्षीया दलित किशोरीको बारेमा अत्यन्तै चिन्ताजनक रिपोर्टहरू प्राप्त भएको पनि विज्ञप्तीमा उल्लेख छ ।

un human right

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);