जे लिग फुटबल जुलाइको पहिलो साताबाट शुरु हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

जे लिग फुटबल जुलाइको पहिलो साताबाट शुरु हुने

एजेन्सी, १७ जेठ । जापानको ब्यवसायीक फुटबल आगामी जुलाईको पहिलो साताबाट सुरु हुने भएको छ । शीर्ष डिभिजनको जे लिग सहित जापानी लिग फुटबल जुलाई ४ बाट सुरु गर्ने घोषणा गरिएको हो ।

कोरोनाकै प्रभावका बीच सुरु हुन लागेको लिगका सम्पूर्ण खेल बन्द रंगशालामा खेलाईनेछ । अरु देशमा जस्तै जे लिगमा पनि दर्शकलाई रंगशाला प्रवेशमा निषेध गरिने जनाइएको छ ।

कोरोना भाइरसका कारण जे लिग ४ महिनादेखि स्थगित भएको थियो । जे लिगसंगै जापानले अरु खेलहरुपनि जुलाई अन्तिम साताबाट शुरु गर्ने लिगका अध्यक्ष मितसुरई मुराईले बताएका छन ।

जे लिग शुरु भएसंगै एशियाका देशमा खेलकुद गतिबिधि बिस्तारै संचालनमा आउने अपेक्षा गरिएको छ । ताइवान र कोरियामा खेलकुद गतिबिधि केही दिन अघिदेखि संचालन भइसकेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);