दलित युवाको हत्याको विरुद्धमा आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दलित युवाको हत्याको विरुद्धमा आन्दोलन

दाङ, १६ जेठ । दाङका विभिन्न दलित अधिकारका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थाहरुले पश्चिम रुकुममा दलित युवा माथि गरिएको विभत्स हत्याको विरुद्धमा आन्दोलन सुरु गरेका छन् ।

उनीहरुले दोषीलाई कडा भन्दा कडा कारबाहीको माग समेत गरेका छन् । दलित नागरिक समाज दाङ, नेपाल दलित विद्यार्थी समाज दाङ लगाएतका संस्थाहरुले उच्च स्तरीय छानविन समिति गठन, ज्यान मार्ने गरेको अपराधिक घटना घटाउने व्यक्तिहरुलाई आजिवन काराबासको सजायको माग गरेका छन् ।

सडकबाट निरन्तर दबाब सृजना गर्ने र बेपत्ताको तत्काल खोजी र घाइतेको उपचार र निष्पक्ष छानविनको माग गरेर आन्दोलनको सुरुवात गरिएको दलित अधिकारकर्मी निर्मल नेपालीले बताउनुभयो ।

उनीहरुले शुक्रबार विहान तुलसीपुरको विपी चोकमा एक घण्टा अनसन बसेर बिरोध जनाएका छन् । त्यसैगरी शुक्रबार नै जिल्ला प्रशासन कार्यालय दाङ मार्फत गृहमन्त्रीको ध्याणाकर्षण बनाउने कार्यक्रम रहेको नेपालीले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);