कोरोना संक्रमित गण्डकीमा १९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोना संक्रमित गण्डकीमा १९ पुग्यो

pradesh no 4

पोखरा, १६ जेठ । गण्डकी प्रदेशमा कोरोना भाइरस पुष्टि भएकाको सङ्ख्या १९ पुगेको छ ।

गण्डकीमा हालसम्म बाग्लुङमा आठ, स्याङ्जामा पाँच र नवलपरासी पाँच तथा म्याग्दीमा एक संक्रमित छन् । बाग्लुङका दुई भने यसअघि नै उपचार गराएर निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्याङ्जाको वालिङमा बिहीबार संक्रमण पुष्टि भएका तीनमध्ये ३९ वर्षीया महिलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएर आइसोलेसन कक्षमा राखेर उपचार शुरु गरिएको हो ।

पहिलोपटक संक्रमित बिरामीको उपचार शुरु भएसँगै अस्पतालका अन्य सेवा भने प्रभावित भएको छ । अस्पतालमा भीडभाड कम गर्न र सम्भावित सङ्क्रमण रोक्न बहिरङ्ग विभाग (ओपिडी) को सेवा बन्द गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);