काठमाडौं, १४ जेठ । प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको छ । संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको थियो । संशोधन विधेयक पेस हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल थालेको बताइएको छ । तर, बुधबार याे विषय कार्यसूचीबाट हटाइएको छ ।
संविधान संशोधन विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हट्यो
ताजा समाचार
हाेली पर्व घरभित्रै मनाउन प्रशासनकाे आग्रह
१५ घन्टा अघि





