क्वारेन्टाइन बसेका व्यक्तिको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

क्वारेन्टाइन बसेका व्यक्तिको मृत्यु

दीपकलाल श्रेष्ठ

बर्दिया, १४ जेठ । अछामबाट छ दिन पैदल हिँडेर मंगलबार राति बर्दिया पुगेर क्वारेन्टाइन बसेका ५५ बर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं ९ घर भएका पुरुष गुलरियास्थित बबई बहुमुखी क्याम्पसकाे क्वारेन्टाइनमै मृत्यु भएकाे गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताएका छन् । कामका लागि अछाम पुगेका उनी १६ जना अन्य साथीहरुको साथ मंगलबार राति नै गुलरियाकाे बबई बहुमुखी क्याम्पसकाे क्वारेन्टाइनमा पुगेका थिए ।

मंगलबार राति क्वारेन्टाइनमा राखिएका उनी बुधबार बिहान करिब ६ बजे मृत्यु भएको पाण्डेले जानकारी दिएका हुन् । अहिले मृतककाे स्वाब परिक्षण गर्ने तयारी भइरहेकाे बताएका छन् ।

हाल बर्दियामा २३ सय ६७ जना क्वारेन्टाइनमा रहेका छन् भने हाल सम्म बर्दियाबाट स्वाव टेष्ट गरेका मध्येमा ६ जना पोजेटिभ भेटिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);