बर्दियामा भ्यानको ठक्करवाट एक युवतीको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

बर्दियामा भ्यानको ठक्करवाट एक युवतीको मृत्यु 

बर्दिया। बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका–९ बनगाईस्थित सडकमा भ्यानले ठक्कर दिदाँ ती युवतीको मृत्यु भएको हो । प्रहरीका अनुसार भे १ ज १२४१ नम्बरको भ्यानले ठक्कर दिंदा गुलरिया नगरपालिका–४ बालापुरकी २५ वर्षीया मिरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजादै गर्दा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

ताजा समाचार