सीमामा रहेका नेपालीलाई परिक्षण बिनै गाडीमा पठाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सीमामा रहेका नेपालीलाई परिक्षण बिनै गाडीमा पठाउँदै

काँकरभिट्टा १४ जेठ । भारतको सीमा नाका पानीट्याङ्कीबाट लुकिछिपि आएका सयौँ नेपाली नागरिकहरुलाई कोरोना जाँच बिना धमाधम नेपाल भित्राइदै छ । पानीट्याङ्कीबाट लुकिछिपि मेची पुल आएका सयौँ नेपाली नागरिकहरुलाई कोरोनाको जाँच बिना स्थानीय र प्रहरीको सहयोगमा गाडीमा हाल्दै सम्बन्धित जिल्ला पठाउन थालिएको हो ।

स्थानीय निजी गाडीहरुले जिल्ला प्रशासन कार्यालयबाट पास लिएर भारतबाट आएका पैसा भएका नेपालीहरुलाई धमाधम लाने तयारी गरेको छ । पैसा नभएका नेपालीहरुलाई काँकरभिट्टा माविको होल्डिङ सेन्टरमा राखिने जनाएको छ ।

आरडीटी र पीसीआर टेष्ट नगरी काँकरभिट्टा नाकाबाट मङ्गलबार दिउँसो पोखराका लागि ४० र दोलखाका लागि करिव ७० जना नेपालीहरुलाई बसमा हालेर लगिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भारतको सीमा नाका पानीट्याङ्कीबाट लुकिछिपि मेचीपुल आएका नेपाली नागरिकहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्राएको बताएका छन् । सिडीओ रानाले ज्वरो जाँच गरी पठाउने गरिएको भनिए पनि फिल्डमा त्यो देखिएन ।

भारतका विभिन्न ठाउँबाट सयौँको संख्यामा नेपालीहरु आएर मेचीपुलमा बस्न थालेका छन् । स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मीको पहलमा निजी बस तथा माइक्रोहरु मेची पुलमा नै पुगेर उनीहरुलाई सम्बन्धित जिल्ला पुर्याउन थालिएको छ ।

मेचीपुलमा अलपत्र परेका करिव ५ सयमध्ये ३ सय जना नेपालीलाई मङ्गलबार साँझसम्म १० वटा बसमा चढाएर सम्बन्धीत जिल्ला पठाएको छ  भने अलपत्र रहेका अरु नेपालीहरु रातको समयमा आएको हावाहुरी र पानीको कारण बिचल्लीमा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);