अस्ट्रेलिया आँधी आउने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एजेन्सी , ११ जेठ । अस्ट्रेलियाको पश्चिमी तटीय क्षेत्रमा विशाल आँधी आउन लागेको र अबको केही घण्टामै उक्त आँधी जमिनमा बज्रने बताइएको छ।

यो आँधी एक दशकमा एक पटक आउने खालको रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।

केही भुभागमा मुसलधारे पानी, तीव्र गतिको हावा र आठ मिटर अग्ला सम्मका छाल आउने मौसम भविष्यवाणी गरिएको छ।
अधिकारीहरूले मानिसहरूलाई आफ्नो सम्पत्तिको सुरक्षा गर्न र सामानहरू बाँधेर राख्न सुझाव दिएका छन् ।

सामान्यतया अस्ट्रेलियामा दक्षिण पश्चिमी आँधी आउँने गरेको तर यो उत्तर पश्चिमी आँधी भएको अग्नि तथा आपत्कालनीन सेवा विभागका जन ब्रूमहलले बताएका छन् ।

यो पश्चिम अस्ट्रेलियाका लागि विरलै हुने घटनाका रूपमा पनि व्याख्या गरिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);