कोरोना भाइरसबाट विश्वभर ५० लाख भन्दा बढि संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना भाइरसबाट विश्वभर ५० लाख भन्दा बढि संक्रमित

एजेन्सी, ८ जेठ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट बिश्वभर संक्रमित हुनेको संख्या ५० लाख ८२ हजार ६ सय ६० सय पुगेको छ । संक्रमितमध्ये २० लाख २० हजार जना निको भएर घर फर्किएका छन ।

अहीलेसम्म मृत्यु हुनेको संख्या ३ लाख २९ हजार २ सय ९४ पुगेको छ । सबैभन्दा बढि संक्रमित र मृत्यु हुनेमा अमेरिका रहेको छ  । अमेरिकामा १५ लाख ९१ हजार भन्दा बढी संक्रमित भएका छन भने ९४ हजार ९ सय ९४ जनाको मृत्यु भएको छ । त्यस्तै, स्पेनमा २ लाख ७९ हजार ५ सय संक्रमित भएका छन भने मृत्यु हुनेको संख्या २७ हजार ८ सय ८८ पुगेको छ ।

रुसमा ३ लाख ८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । मृत्यु हुनेको संख्या २ हजार ९ सय नाघेको छ । बेलायतमा २ लाख ४८ हजार २ सय ९३ मा कोरोना पुष्टि हुँदा ३५ हजार ७ सय ४ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा ३२ हजार ३ सय ३०, फ्रान्समा २८ हजार १ सय ३२ को मृत्यु भइसकेको छ ।

भारतमा समेत कोरोना संक्रमितको दर दिनहुँ बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा १ लाख १२ हजार २८ जना संक्रमित भएका छन् भने ३ हजार ४ सय ३४ जनाकोे मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);