कोरोना संक्रमित शिक्षकको मृत्यु हल्लामात्रै (विज्ञप्तिसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

कोरोना संक्रमित शिक्षकको मृत्यु हल्लामात्रै (विज्ञप्तिसहित)

corona mritu

काठमाडौं, ७ जेठ । गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु नभएको तर अवस्था गम्भीर रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यममा उनको मृत्यु भएको भन्दै समाचार प्रकाशित भएपछि अस्पतालले त्यसको खण्डन गर्दै उनको आईसीयू कक्षमा भेन्टिलेटर कक्षमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुष शिक्षक उपचार भइरहेको विज्ञप्तिमा जनाएको छ । उनमा जेठ ५ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो ।

उनको अवस्थाबारे निरन्तर भ्रामक समाचार आएको भन्दै अस्पतालले त्यस्ता समाचारको पछि नलाग्न अपिल गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);