काठमाडाै, ७ जेठ । सांसदहरुले देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार गरी पीसीआर परीक्षणको दायरा बढाउनमा माग गरेका छन् । बुधवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने माग गरेका हुन । सांसद हरिराम चौधरीले सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न माग गर्नुभयो
त्यसैगरी सांसद जितेन्द्र नारायण देवले कोरोना भाइरसका कारण विदेशमा अलपत्र नागरिकको तत्काल उद्दारका गर्न आग्रह गर्नुभयो । प्रतिपक्षी दलले पूर्वाग्रही ढंगले विदेशमा रहेका नेपालीको मुद्दा उठाइरहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गर्दै सांसद देवले जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न सरकारसंग माग गर्नुभयो ।
सांसद रामनारायण विडारीले नेपाल र भारतका पूर्व शासकहरुको गल्तिका कारण अहिले अफ्ठ्यारो अवस्था सिर्जना भएको भन्दै सीमा बिवाद कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । विडारीले गाउँ गाउँमा किसानहरुका लागि मल, विउ र किटनाशक औषधिको तत्काल व्यवस्था गर्न माग गर्नुभयो ।