मिथिला नगर : गठबन्धनभन्दा एमाले अगाडि, कांग्रेसलाई पछ्याउँदै बागी उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मिथिला नगर : गठबन्धनभन्दा एमाले अगाडि, कांग्रेसलाई पछ्याउँदै बागी उम्मेदवार

धनुषा, ४ असोज । धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। यस नगरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेका थिए।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार हरिनारायण महतोले ९८७ र उपमेयर पदकी उम्मेदवार तारा बस्नेत १०५८ मतका साथ अग्रस्थानमा छन्।

त्यस्तै कांग्रेसका मेयर उम्मेदवार राजकुमार महतो ७७९ र माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार मनिष जर्घा मगरले ८९१ मतका साथ दोस्रो स्थानमा छन्। त्यस्तै नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका राजाराम महतो ६७२ मतका साथ तेस्रो स्थानमा छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);