माधव नेपालको गृहनगर, एक वडामा राजपाको प्यानलै विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माधव नेपालको गृहनगर, एक वडामा राजपाको प्यानलै विजयी

रौतहट, ४ असोज । एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर भएको रौतहट गौर नगरपालिकाको एक वडामा राजपाको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा राकेशकुमार झा सहित राजपाको प्यानल नै गौर नगरपालिकाको वडा नम्बर २ मा विजयी भएको हो।

मेयरमा भने एमालेको अग्रता कायमै छ। मेयरमा एमालेले १२१४ मत लिदै अग्रता कायम गरेको छ भने राजपा उम्मेदवारले १०४२ र संघीय फोरमका उम्मेदवारले १२२ मत पाएका छन्। वडा नम्बर १ मा फोरम लोकतान्त्रिकका भरत साहको प्यानल नै विजयी भएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);