काठमाडौं, २४ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ ।
बिहीबार बस्ने स्थायी कमिटि बैठकको तयारीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो तीन बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा स्थायी कमिटीकोे बैठकका एजेण्डा बारेमा छलफल हुने बताइएको छ । पार्टीलाई एक ढिक्का बनाएर लैजाने गत बैशाख २० गतेको सचिवालयले निर्णय गरे पनि शीर्ष नेताको कुरा मिल्न नसक्दा बिहीबार स्थायी समितिमा पेश हुने एजेण्डा पनि अझै तय हुन सकेको छैन ।
पार्टीसँग सल्लाह नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दुई अध्यादेश जारी गरेपछि नेकपामा तनाव चुलिएको छ । दुवै अध्यादेश वैशाख १२ मा फिर्ता गरे पनि अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट देखिदै आएका छन् ।