जुनदेखि लिग ला लिगा शुरु गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

जुनदेखि लिग ला लिगा शुरु गर्ने तयारी

laliga

एजेन्सी, २३ वैशाख । स्पेनीस फुटबल लिग ला लिगाले आगामी जुन महिनाबाट प्रतियोगिता फेरि शुरु गर्ने घोषणा गरेको छ ।

ला लिगााले मंगलवार प्रतियोगिता जुन महिनाबाट शुरु गर्ने योजना बनाएको जनाएको हो । कोरोना भाइरस संक्रमणको महामारीका कारण दुई महिनायता ला लिगाको खेल हुन सकेको छैन् । खेलाडीले व्यक्तिगत प्रशिक्षण यसै साताबाट शुरु गर्न सक्नेछन् । सरकारले खेलकुदसँग सम्बन्धित नीति ल्याएपछि लिग शुरु गर्ने घोषणा भएको हो ।

लिग प्रमुख ज्याभिएर टेबासले लिगमा संलग्न सबैको स्वास्थ्य पहिलो प्राथमिकता रहेको र त्यसै अनुकार काम गर्ने जनाएका छन । टेवासले अहिले स्थिति निकै प्रतिकुल भएता पनि विश्वासका साथ जुनबाट लिग शुरु गरेर यो सिजन सन २०१९/२० को पूरा गर्ने जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);