कोरोनाबाट अमेरिकामा १ लाखको ज्यान जानसक्ने ट्रम्पको आशंका | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

कोरोनाबाट अमेरिकामा १ लाखको ज्यान जानसक्ने ट्रम्पको आशंका

trump

एजेन्सी, २२ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट अमेरिकामा १ लाख जनासम्मको ज्यान जानसक्ने आशंका व्यक्त गर्नु भएको छ । राष्ट्रपति ट्रम्पले कोरोेना नियन्त्रणका लागि आफूले गरेका प्रयासको बचाउ गर्दै अमेरिकामा १ लाखजनासम्मको ज्यान जानसक्ने आशंका व्यक्त गर्नु भएको हो ।

अमेरिकाका लागि मृतकको यो संख्या कल्पना बाहिरको भन्दै ट्रम्पले वास्तविकताबाट भाग्न नसकिने उल्लेख गर्नुभयो । उहाँले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरस विरुद्ध खोप तयार हुने विश्वास पनि दिलाउनु भएको छ ।

कोरोना विरुद्ध आफुले अपनाएको रणनीतिको बचाउ गर्दै ट्रम्प विपक्षी दलको सहयोग नपाएको बताउनु भयो । संक्रमण हुने जोखिम भए पनि विद्यालय खोल्नु जरुरी रहेको ट्रम्पको भनाइ थियो ।

कोरोना भाइरस नियन्त्रणको लागि समयमा नै सही कदम नउठाएको आरोप खेपिरहनु भएका ट्रम्पले आफ्नो गुप्तचरले सही सूचना नदिएको कारण समयमा नै प्रभावकारी कदम चाल्न नसकिएको स्विकार गर्नु भयो ।

जनवरी २३ मा गुप्तचर स्रोतले अमेरिकामा भाइरस आउन सक्ने भए पनि त्यतिबेला लकडाउन गर्नु जरुरी नरहेको जानकारी दिएको उहाँले उल्लेख गर्नुभयो ।

अमेरिकामा अहिले सम्म कोरोना संक्रमितको संख्या ११ लाख ८८ हजार भन्दाबढी पुगेको छ भने ६८ हजार भन्दाबढीको मृत्यु भइसकेको छ । १३ करोड जनसंख्या रहेको अमेरिकामा अहिलेसम्म करिब ७२ लाख परिक्षण गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);