उत्तर र दक्षिण कोरियाली सैनिकबीच गोली हानाहान | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उत्तर र दक्षिण कोरियाली सैनिकबीच गोली हानाहान

fire exchange

एजेन्सी, २१ वैशाख । उत्तर कोरिया र दक्षिण कोरियाको सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच गोली हानाहान भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार गैरसैन्य क्षेत्र,डिमिलिटराइज्ड जोनमा आइतबार उत्तर कोरियाली सैनिकले गोली चलाएपछि दक्षिण कोरियालले जवाफी फायर गरेको हो ।

उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएको एक दिनपछि कोरियाली प्रायद्वीपमा दुई देशका सैनिकबीच गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेनाको गार्ड पोस्टलाई लक्षित गरी उत्तरबाट पटक–पटक गोली प्रहार भएपछि जवाफी फायर गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

सन् १९५३ मा दुई कोरियाली देशबीचको युद्ध प्राविधिक रुपमा समाप्त भए पनि बेलाबेला तनाव सिर्जना हुने गरेको छ । गैरसैन्य क्षेत्र भनिने डिमिलिटराइज्ड जोन विद्युतीय तारको घेरा र ‘माइन’ बिच्छ्याइएको ठाउँ हो ।

सन् २०१८ मा प्योङयाङमा भएको शिखर वार्तामा दक्षिण कोरियाली राष्ट्रपति मुन जेई इन र उत्तर कोरियाली नेताबीच सीमामा देखिएको सैन्य तनाव रोक्ने सहमति भएको थियो । शिखर वार्तामा गरिएका कतिपय सहमति उत्तर कोरियाले उल्लंघन गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);