कश्मीरमा दोहोरो गोली हानाहान, सेनाका कर्नेलसहित ५ सुरक्षाकर्मीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कश्मीरमा दोहोरो गोली हानाहान, सेनाका कर्नेलसहित ५ सुरक्षाकर्मीको मृत्यु

kasmir vidanta

एजेन्सी, २२ वैशाख । भारत प्रशासित कश्मीरमा आइतबार भएको दोहोरो गोली हानाहानमा भारतीय सेनाका कर्नेलसहित ५ सुरक्षाकर्मी मारिएका छन् ।

रजवारस्थित एक घरमा विद्रोहीहरू लुकेर बसेको सूचनापछि सुरक्षाकर्मीले कारबाही सुरु गरेका थिए । त्यसलगत्तै दोहोरो भिडन्त भएको थियो । भारतीय संचारमाध्यमका अनुसार मारिनेमा कर्नेल आशुतोष शर्मा, मेजर अनुज सुद तथा अन्य दुई सैनिक जवान छन् । घटनामा जम्मु–कश्मीर प्रहरीका उपनिरीक्षक सकिल क्वाजीको पनि ज्यान गएको छ ।

साथै उक्त गोलीहानाहानमा लस्कर–ए–तइवाका कमान्डर हैदरसहित दुई जना विद्रोही मारिएकको बताइएको छ । सन् २०१५ देखि उक्त क्षेत्रमा सक्रिय हैदरले युवाहरूलाई प्रेरित गरी विद्रोही सेनामा भर्ती गराउँदै आएका जनाइएको छ । भारतीय सेनाले उनी पाकिस्तान शासित कश्मीरका बासिन्दा भएको दाबी गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);