निजामति अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब कलेक्सन बुथ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

निजामति अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब कलेक्सन बुथ

ppe booth

काठमाडौं, १५ वैशाख । देशकै एकमात्र निजामति कर्मचारी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि स्वाब कलेक्सन बुथ राखिएको छ । राजधानीको नयाँ बानेस्वर स्थित निजामति कर्मचारी अस्पतालमा सोमबार राष्ट्रिय आविस्कार केन्द्रमा निर्माण भएको स्वाब कलेक्सन बुथ राखिएको हो ।

राष्ट्रिय कर्मचारी संगठन निजामती र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीहरुको सहयोगमा उक्त स्वाब कलेक्नस बुथ राखिएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दिर्घराज आर.सि.ले बताउनुभयो ।

स्वाब कलेक्सन बुथ उपलब्ध गराउँदै सडक विभागका महानिर्देशक केशब कुमार शर्माले अस्पतालले सुरक्षित रुपमा बिरामीको स्वाब कलेक्सन गर्न यसले सहयोग पु¥याउने बताउनुभयो । राष्ट्रिय आविस्कार केन्द्रले स्वाब कलेक्सन बुथ पूर्ण रुपमा बैज्ञानिक र सुरक्षित रुपमा निर्माण गरिएको जनाएको छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);