लकडाउनका कारण अफ्ठ्यारोमा परेकालाई ठमेलमा निःशुल्क खाना | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लकडाउनका कारण अफ्ठ्यारोमा परेकालाई ठमेलमा निःशुल्क खाना

menz nisulka khana

काठमाडौं, १५ वैशाख । लक डाउनका कारण अफ्ठ्यारोमा परेकाहरुलाई मेन्ज फाउण्डेशनले ठमेल क्षेत्रमा निःशुल्क खाना खुवाइरहेको छ ।

फाउण्डेशनले लक डाउनको भोलिपल्टबाट नै ठमेल क्षेत्रमा अफ्ठ्यारोमा परेका स्वदेशी तथा विदेशी नागरिकहरुलाई निःशुल्क खाना खुवाईरहेको हो । फाउण्डेशनले प्रतिदिन २ सय जनालाई खाना खुवाइरहेको छ । फाउण्डेशनले हरेक दिन विहान खानासँगैे मास्क पनि वितरण गरिरहेको छ ।

फाउण्डेशनले एक महिना भन्दा बढि समयदेखि निःशुल्क खाना दिएपनि लक डाउनका कारण नियमित काममा फर्किने वातावरण नभएको गुनासो स्थानीयले गरेका छन् ।

सरकारले लक डाउनको समय वैशाख २५ सम्मका लागि थपेको छ । यसअघि पहिलो पटक चैत ११ गतेबाट लागु हुनेगरी एक हप्ता लक डाउन घोषणा गरिएको थियो । लक डाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई समस्या भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);