राष्ट्रपति भण्डारीद्वारा सरकारले ल्याएका दुवै अध्यादेश खारेज | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राष्ट्रपति भण्डारीद्वारा सरकारले ल्याएका दुवै अध्यादेश खारेज

bidhya devi

काठमाडौं, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले गत सोमबार ल्याएका दुवै अध्यादेश खारेज गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गर्नूभएको हो ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरू खारेज गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दल विभाजन खुकुलो बनाउने र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिदै अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । दुवै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना परिषद्को बैठक बसेर निर्णय गर्न सक्ने व्यवस्था गरिएको थियो ।

KHAREJ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);