देश फेरि राजनीतिक अस्थिरताको दलदलामा फस्ने खतरा : राप्रपा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

देश फेरि राजनीतिक अस्थिरताको दलदलामा फस्ने खतरा : राप्रपा

raprapa all

काठमाडौं, ९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ नेकपाभित्रको आन्तरिक शक्ति संर्घषका कारण देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको जनाएको छ । राप्रपाका अध्यक्षत्रय कमल थापा,पशुपति समशेर जवारा र डाक्टर प्रकाशचन्द्र लोहनीले मंगलवार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस विरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्नेमा सरकार अनावश्यक काममा अल्झिएको उल्लेख गर्नुभएको छ ।

राप्रपाले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी’ र ‘संवैधानिक परिषद्सम्बन्धी’ दुई अध्यादेशहरु अनुपयुक्त, अनावश्यक र संविधानको भावनाविपरीत रहेको ठहर गरेको छ । राप्रपाले राजनीतिक दलसम्बन्धी अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र प्रजातन्त्रलाई धरापमा पार्ने सम्भावना रहेको पनि उल्लेख गरेको छ ।

त्यस्तै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले प्रजातन्त्रको मूलभूत मान्यताको रुपमा रहेको शक्ति पृथकीकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने, र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा देखिएको पनि राप्रपाले जनाएको छ ।

राप्रपाले सम्भावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्यमाथि आइपर्न सक्ने गम्भीर संकटलाई मध्यनजर गर्दै उक्त दुई अध्यादेश फिर्ता लिन सरकार र सत्तारुढ दल नेकपालाई समेत आग्रह गरेको छ ।

त्यसैगरी साझा पार्टीले सरकारले जारी गरेका दु अध्यादेशबाट प्रधानमन्त्री केपी ओलीको अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा प्रकट भएको आरोप लगाएको छ ।

साझाले यसलाई अनिष्टकारी कदम भन्दै तुरुन्त फिर्ता लिन पनि माग गरेको छ । आम विश्वास गुमाएपछि, आफूलाई सत्तामा कायम राख्न प्रधानमन्त्री ओलीमा निरंकुश, व्यक्तिवादी सोच हावी भएको साझाको दाबी छ ।

rpp bigyapti

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);