घर फर्कन हिडेका २४५ जनालाई त्रिभुवन पार्कमै बसोबासको व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

घर फर्कन हिडेका २४५ जनालाई त्रिभुवन पार्कमै बसोबासको व्यवस्था

tribhuwan park

काठमाडौं, ६ वैशाख । लकडाउन थप कडा बनाउन लामो दूरीमा पैदल हिँड्नेहरुलाई रोक्ने सरकारको निर्णयसँगै उपत्यका र आसपासका जिल्लाबाट घर फर्कन हिडेका पश्चिम नेपालका २ सय ४५ जनालाई थानकोटमा रोकिएको छ । बाटोमै रोकिएकामा ३३ जना महिला र २४ जना बालबालिका सहित २ सय ४५ जनालाई थानकोटस्थित त्रिभुवन पार्कमै अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

शुक्रबार र शनिबार मध्यान्हसम्म थानकोटबाट नौबिसे हुँदै बाँके, बर्दिया, दाङलगायत जिल्लातर्फ पैदल हिँडेका उनीहरुलाई पार्कमा राखिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । ‘लकडाउन पूर्णरुपमा कार्यान्वयन गर्नु भन्ने स्पष्ट आदेश अनुसार र राजधानीबाट बाहिरिने थानकोट र आसपासको नाकामा सुरक्षा जाँच बढाइएको छ ।

चन्द्रागिरी नगरपालिका र प्रहरी अलपत्र परेकालाई व्यवस्थापनमा सक्रिय भएको छ । अलपत्रको व्यवस्थापनमा सक्रिय संघीय सांसद अञ्जना विसंखे १२ –१३ वटा टहरालाई टेण्टले घेरेर बस्ने व्यवस्था मिलाइएको स्वास्थ्य डेस्क र खानलाई मेस बनाएको जानकारी दिनु भयो । उनीहरुलाई सात वटा समूहमा राखिएको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणविरुद्ध लगाइएको लकडाउन कडाइका साथ लागू गर्न निर्देशन दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);