काठमाडौं, ३ बैशाख । विजनेश प्लस टेलिभिजनको प्रमुख सम्पादकमा पत्रकार विनोद त्रिपाठी नियुक्त हुनु भएको छ । पद्मा मिडिया ग्रुप अन्तर्गत संचालित विजनेश प्लस टेलिभिजनका कार्यकारी अध्यक्ष राजु प्रसाद कडेलले बुधबार नवनियुक्त सम्पादक त्रिपाठीलाई स्वागत गर्नुभएको थियो ।
सम्पादक त्रिपाठी ०५५ सालमा पत्रकारितामा प्रवेश गर्नुभएको थियो । त्रिपाठीले विभिन्न सञ्चार संस्थाहरुमा रहेर अनुभव वटुल्नु भएको छ । ग्रुपका अध्यक्ष कडेलले त्रिपाठीको नियुक्तबाट विजनेश टेलिभिजनले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नवनियुक्त सम्पादक त्रिपाठीले आफुले अहिलेसम्म गरेको पत्रकारिताको अनुभवलाई टेलिभिजनको पर्दा मार्फत अझ परिस्कृत पत्रकारिता गर्ने दृढता व्यक्त गर्नुभयो । हाम्रो पत्रकारिता अब कृषि, उद्योग र उत्पादनका क्षेत्रमा केन्द्रीत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पद्मा मिडिया ग्रुप अन्तर्गत विजनेश प्लश वाहेक माउण्टेन र भक्तिदर्शन टेलिभिजन संचालित छन् ।