कोरोनालाई प्रभावकारी भ्याकिसनले मात्र रोक्नसक्ने, स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरोनालाई प्रभावकारी भ्याकिसनले मात्र रोक्नसक्ने, स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक

corona virous

काठमाडौं, २ वैशाख । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस एदनाम गेब्रियसले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइसर स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका हुन् ।

उनले कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै यो सन् २००८ मा फैलिएको स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक रहेको जानकारी दिए । सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिसकेको छ । कोरोनाबाट धmण्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख १९ हजार बढीको मृत्यु भइसकेको छ । तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);