एनसेलद्वारा सरकारलाई तिर्नुपर्ने सम्पूर्ण पूँजीगत लाभकर चुक्ता | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

एनसेलद्वारा सरकारलाई तिर्नुपर्ने सम्पूर्ण पूँजीगत लाभकर चुक्ता

Ncell-logo

काठमाडौं, ३० चैत । नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलले पूँजीगत लाभकरबापत सरकारलाई १४ अर्ब ३३ करोड बुझाएको छ । ठूला करदाता कार्यालयका अनुसार एनसेलले आइतवार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५ सय ४६ रुपैयाँ सरकारलाई बुझाएको हो ।

योसँगै एनसेलले १२ औं पटकको बिक्रीबापत् सरकारलाई तिर्नुपर्ने पूँजीगत लाभकर चुक्ता भएको छ। ठूला करदाता कार्यालयले एनसेलले पूँजीगत लाभकर बापत साढे २३ अर्ब रुपैयाँ बुझाउनुपर्ने गरी कर निर्धारण गरेको थियो । एनसेलले तीन किस्ता गरी कर चुक्ता गरेको हो।

पछिल्लो पटक निर्धारण गरिएको कर अनुसार एनसेलले बुझाउनुपर्ने रकम साँवा २२ अर्ब ४४ करोड मात्रै हो । तर तोकिएको समयमा कर नबुझाउँदा व्याज र जरिवानासहित २३ अर्ब ३४ करोड रुपैयाँ कर निर्धारण गरिएको थियो ।

समयमै कर नबुझाएबापत एनसेललाई ९९ करोड रुपैयाँ जरिवाना लागेको ठूला करदाता कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);