मेची भन्सारबाट तरकारी र फलफूलको आयात बन्द गर्न सासंदको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

मेची भन्सारबाट तरकारी र फलफूलको आयात बन्द गर्न सासंदको माग

tarkari ayat rok

सुरेन्द्र भण्डारी
झापा, २७ चैत । झापाको मेची भन्सारमा लकडाउन र कोरोना संक्रमणका कारण भारतबाट आयातीत बस्तुहरुको परिमाण घटेपनि पुर्ण रुपमा बन्द भने भएको छैन । लकडाउनको समयमा पनि भारतबाट तरकारी फलफुल, हवाई इन्धन, पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँस आयात भईरहेको छ ।

भारतको पश्चिम बंगाल राज्यमा कोरोना भाइरसको संक्रमण फैलन थालेसँगै पुर्वी नाका काँकडभिट्टा भन्सार मार्फत हुदै आएको बस्तुहरुको आयात घटेको छ । लकडाउन शुरु भएसगँै भारतबाट तरकारी, फलफूल, हवाइ इन्धन, पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँस मात्र आयात भइरहेको झापाको मेची भन्सार कार्यालयले जनाएको छ । तरकारी बाहेकका सबै बस्तुहरुको आयात तुलनात्मक रुपमा घट्दै गइरहेको र बंगलादेश लगायतका तेस्रो मुलुकबाट बस्तुहरुको आयात ठप्प भएको भन्सार प्रमुख ध्रुवराज विश्वकर्माको भनाई छ ।

त्यस्तै, भारतको पश्चिम बंगालमा समेत कोरोना संक्रमितको संख्या बढ्नथालेपछि मेची नगर नगरपालिका र प्रदेश सासंदको संयुक्त टोलीले मेची भन्सार मार्फत तरकारी र फलफूलको आयात बन्द गर्न अनुरोध गरेको छ । तर, सरकारको निर्णयबिना स्थानीय निकायको अनुरोधका आधारमा मात्रै आयात रोक्न नसकिने भन्सार कार्यालयको भनाई छ । स्वास्थ्य सुरक्षाका सम्पुर्ण प्रक्रिया पूरा गरेर मात्रै भारतबाट आएका मालबाहक सवारी साधनको भन्सार क्लियरिङ हुने गरेको भन्सारको दाबी छ ।

यता, भारतबाट आएको तरकारीको थोक बिक्री केन्द्रका रुपमा रहेको बिर्तामोडस्थित कृषि थोक बजारका होलसेल ब्यापारीले भारतीय तरकारी आयात नगर्ने निर्णय गरेका छन् । उनीहरुको संयुक्त बैठकले भारतीय तरकारी आयात गर्दा कोरोना समेत फैलन सक्ने भन्दै लकडाउन अवधिभर भारतीय तरकारी आयात नगर्ने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);