कोरोना भाइरस: मृत्यु हुने ८८ हजार नाघ्यो, अमेरिकामा एकै दिन १९ सय २६ जनाको मृत्यु (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८१, आइतबार

कोरोना भाइरस: मृत्यु हुने ८८ हजार नाघ्यो, अमेरिकामा एकै दिन १९ सय २६ जनाको मृत्यु (अपडेट)

corona

एजेन्सी, २७ चैत । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ४१ जना पुगेको छ । कोरोनाले १५ लाख १७ हजार ९५ जना संक्रमित भएका छन् ।

त्यस्तै ३ लाख २९ हजार ९ सय ५५ जना निको भएका छन् । बुधबार अमेरिकामा १ हजार ९ सय २६ जनाले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७७४ पुगेको छ। अमेरिकामा ४ लाख ६२ हजारमध्ये ३१ हजार ७० जना नयाँ संक्रमित थपिएका छन् । बेलायतमा पनि एकै दिन ९३८ जनाले ज्यान गुमाएका छन् । त्यहा हालसम्म ७ हजार ९७ जनाले ज्यान गुमाएका छन् । ६० हजार ७३३ जना संक्रमित मध्ये ५ हजार ४ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा एकै दिन ७४७ जनाले ज्यान गुमाएका छन् । स्पेनमा हालसम्म १४ हजार ७९२ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ४८ हजार २२० संक्रमित छन्। जसमा ६ हजार २ सय ७८ जना नयाँ संक्रमित भएका छन् । इटलीमा एकै दिन ५४२ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा १७ हजार ६६९ जनाले ज्यान गुमाएका छन् । कोरोनाले मृत्यु हुने इटलीमा सबैभन्दा बढी छन्। १ लाख ३९ हजार ४२२ संक्रमित छन्। जसमा ३ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);